२०८२ माघ २८ गते बुधवार

पार्टी पदाधिकारीसहित सबै कमिटी टुंगो लगाउन माओवादी नेताहरुको माग

काठमाडौँ, साउन १२ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दबाब दिएका हुन् ।

बैठकमा नेताहरु पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीति सहित समसायमयिक विषयमा धारणा राखेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए ।

आगामी प्रदेश र संघको चुनावमा कुन योजना र रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा नेताहरुले आ आफ्नो धारणा राखेको पोखरेलले बताए ।

‘आज बोल्ने नेताहरुको धारणा सकिएन । राष्ट्रिय सभाको बैठक भएकाले बैठक सकियो । भोलि पुन विहान ८ बजे बैठक बस्ने छ’ पोखरेलले भने। बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद र स्थानीय चुनावमा भएको अन्तर्घातका विषयमा समेत छलफल हुने बताएको छ ।

यहीँ स्थायी समिति बैठकबाट स्थायी समिति र पोलिटब्युरोको टुंगो लाग्ने भएको छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *