२०८१ कार्तिक १८ गते आइतवार

निगम र संस्थान नीजि क्षेत्रलाई जिम्मा लगाउनु हुँदैन ः नेता पौडेल

तनहुँ,असार ३० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम र खाद्य संस्थान नीजि क्षेत्रलाई जिम्मा लगाउन नहुने बताएका छन ।

प्रेस युनियन तनहुँले आज दमौलीमा गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन ।

खाद्य संस्थानलाई लिमिटेडको रुपमा लैजाँदा किसानले समयमा मल नपाएको उनले बताए । ‘लिमिटेड बनाउँदा सहज हुन्छ भनेर बनाऔं तर किसानको समस्या समाधान भएन, नेता पौडेलले भने, “निजी क्षेत्रलाई जिम्मा लगाउने हो भने किसानलाई महंगोमा खरीद गर्नुपरेको छ ।”

नेपाल आयल निगम र खाद्य संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा राख्नुपर्ने, कमी कमजोरीलाई सुधार गरेर सरकारले नै लिनुपर्ने र नीजि क्षेत्रले लिन नहुने उनले बताए ।

सत्तारुढ दलको गठबन्धन संघीय तथा प्रदेशको चुनावसम्म आवश्यकता भएको उनले बताए । स्थानीय तहको चुनावझैं मिलेर देशको संविधान रक्षा गर्न एकजुट हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *