काठमाडौं,असार ३० । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।
त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।
गठबन्धनबाट काँग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए ।
यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेदवारलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो ।
तर, अब भने काँग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार