काठमाण्डौ,असार ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन ।
भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लाग्नु भएको उनको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनी भोलि दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भनिए पनि त्यसबारे केही जानकारी सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन १ गते स्वदेश फर्किने तयारी छ ।
अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ आरजु राणा पनि भारतमा नै छन।
प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार