२०८२ माघ २९ गते बिहिवार

सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण छैनः कांग्रेस प्रवक्ता महत

काठमाण्डौ,असार २८ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेको बताएका छन्।

मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। सरकार कोरोना व्यवस्थापमन, भ्रष्टाचार नियन्त्रण र विदेश नीतिको अन्योलता हटाउन सफल भएको उनको दाबी छ।

उनले भने, ‘कोभिड व्यवस्थापन भएको छ। भ्रष्टाचार रोकिएको छ। वैदेशिक नीतिको अन्यौलता हटेको छ। एमसिसीको विषयमा स्पष्टता, सन्तुलित र आवश्यकताका आधारमा वैदेशिक सम्बन्ध कायम भएको छ।’

तेलको मूल्य भने सरकारको नियन्त्रणमा नरहेको उनले बताए। साथै उनले नेपालसँग पर्याप्त मात्रामा विदेशी मुद्रा रहेको दावी गरे। नेपाल श्रीलंकाको अवस्थामा जाने सम्भावना नरहेको उनको भनाइ छ।

उनले भने, ‘तेलको मूल्य हाम्रो नियन्त्रणमा रहेन। हामीसँग विदेशी मुद्रा एथेष्ट छ। नेपाल श्रीलंकाको अवस्थामा जाने कुनै सम्भावना छैन।सरकारको काममा असन्तुष्ट हुनुपर्ने कारण छैन।’

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *