२०८१ कार्तिक १८ गते आइतवार

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनै पर्छ – डा. शेखर कोइराला

काठमाडौँ,असार २७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विवादित व्यवस्थासहितको संवैधानिक परिषद् विधेयक सरकारले फिर्ता लिनै पर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै उक्त विवादित विधेयक फिर्ता लिनै पर्ने अडान राखेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अघि बढाइएको विधेयक पनि फिर्ता गराइएको बताउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार पनि पछि हट्नै पर्ने बताए।

‘संवैधानिक परिषदसम्बन्धी विधेयक पहिले फिर्ता गराएका हौँ अहिले पनि फिर्ता लिनुपर्छु, ‘उनले सञ्चाकर्मीहरुलाई भने।

यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि संवैधानिक परिषदसम्बन्धी विधेयकमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफदेहिता आवश्यक भएको बताएका थिए।

अमेरिका भ्रमणमा रहेका महामन्त्री शर्माले ट्वीटरमार्फत राष्ट्रियसभामा पेस भएको विधेयकमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको जवाफदेहिता आवश्यक रहेको बताएका थिए।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी। संवैधानिक परिषदसम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै’, उनले लेखेका थिए, ‘तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? दुःखद छ। प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता जरुरी छ।’

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *