२०८२ माघ १ गते बिहिवार

स्थानीय तह चुनावमा भएको अन्तर्घात छानविन गर्न समिति गठन

काठमाडौं,असार २५ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घात सम्वन्धमा छानविन गर्न समिति गठन गरेको छ।

शनिबार पार्टी कार्यालय पेरीसडाँडामा बसेको स्थायी समिति बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो।

समितिको अध्यक्षमा टंक राई रहेका छन्। यस्तै सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

यस्तै, पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको समिति बनाइएको छ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *