२०८३ भाद्र ३० गते मङ्गलवार

रेनु दाहाल र बीना मगर पनि माओवादी पोलिटब्युरोमा पुगे

काठमाडौँ,असार २३ । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाल अटाएकी छन्।

उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री पनि हुन्। अध्यक्ष प्रचण्डले प्रज्ञा भवनमा विहीबार प्रस्तुत गरेको १ सय २५ जनाको पोलिटब्युरोमा दाहाल पनि परेकी हुन्।

यस्तै प्रचण्डकी बुहारी बीना मगर पनि पोलिटब्युरो सदस्य भएकी छन्। उता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज रहेका रामप्रसाद सापकोटा (दीपशिखा) पनि पोलिटब्युरोमा अटाएका छन्।

यस्तै युवा नेता तथा संघीय सांसद सुरेश राई पोलिटब्युरो सदस्य बनेका छन्।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *