काठमाडौं,असार २३ । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ ।
बिहीबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक–२०७९ पेश गरेका हुन्।
यस्तै, बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए।
यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेका थिए।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् सदस्यको नाम पढेर सुनाएका थिए।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार