२०८२ बैशाख ११ गते बुधवार

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,असार २३ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्नेछ ।

आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।

त्यस्तै आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका छ ।

अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी कमिटी र पोलिट् ब्यूरो सदस्यका नामावली प्रस्तुत गर्नेछन् ।

आइतबारदेखि सुरु भएको बैठक सोमबार बसेर स्थगित भएको थियो । मंगलबार र बुधबार बस्दै नबसी स्थगित भएको थियो ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *