दाङ, असार २३ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा बिहीबार बिहानदेखि स्थानीय तहको निर्वाचन जारी छ ।
बिहान ७ बजेदेखि सुरू भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने छ ।
गत वैशाख ३० मा स्थानीय चुनाव भएपनि बुथ कब्जा गरेको बिबादका कारण निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो।
मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र उपमेयरमा रिता शाही शाह उम्मेदवार छन् । त्यस्तै नेकपा एमालेबाट रामबहादुर बानियाँ मेयर र उपमेयरमा मायाकुमारी खड्का कुँवर उम्मेदवार रहेका छन् ।
मतदान सकिएपछि मतपेटिका संकलन गर्ने र सकेसम्म आजैदेखि मतगणना सुरू गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार