२०८१ कार्तिक २३ गते शुक्रवार

अर्थमन्त्रीमाथि छानबिन गर्न योजना आयोगका ६ जना पूर्वउपाध्यक्षको माग

काठमाण्डौ,असार २१ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेट निर्माणको क्रममा अनियमितता भएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् ।

योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. युवराज खतिवडा, डा.दिनेशचन्द्र देवकोटा, डा. गोविन्दराज पोखरेल र डा। पुष्प कँडेलले संयुक्त विज्ञप्ति निकालेर बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्नुको साटो बजेट निर्माणमै खेलबाड गर्नु गम्भीर धोका भएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

सङ्कटोन्मुख परिस्थितिको सामना गर्न सरकार खास योजनाका साथ अघि बढ्न नसकेको ठहर गर्दै पूर्वउपाध्यक्षहरूले बजेट निर्माणमा अनुशासनहीन क्रियाकलाप भएको लगायतका घट्नाक्रमले नेपालको अर्थतन्त्र झनै समस्यामा थप्ने विज्ञप्तिमा उल्लेख छ ।

‘नागरिकको पसिनाबाट उठेको करको दुरुपयोग भएको, मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको सङ्केत गरिरहेको अवस्थामा योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरूमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *