२०८३ भाद्र ३१ गते बुधवार

आफ्नै पार्टी मिलाउन समस्या छ,गठबन्धनमा समस्या स्वभाविक हो ः प्रधानमन्त्री देउवा

काठमाडौँ,असार २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गरेका छन् ।

उनले एउटै पार्टीमा समेत समस्याहरू हुने भन्दै धेरै वटा दलहरू मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक रहेको बताए ।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालय परिसरमा बनाइएको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाले छोडेको राजनीतिक संस्कार अहिले पनि उत्तिकै व्यवहारिक रहेको बताए ।

देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनमा समस्या देखिन थालेको भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले कोइरालाले विगतमा गरेको योगदानसमेतको चर्चा गर्दै गठबन्धनमा समस्या हुनु सामान्य भएको बताएका हुन् ।

‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त झन् धेरै समस्या हुन्छन् । त्यो सामान्य कुरा हो,’ उनले भने, ‘आफ्नै पार्टी मिलाउन त चुनौती हुन्छ भने अरु पार्टीलाई मिलाउन सहज छैन । कोइरालाले नेपाली राजनीतिमा सशस्त्र युद्धमा होमिएको माओवादीलाई समेत मिलाएर शान्तिको बाटोमा ल्याउनुभएको थियो ।’

प्रधानमन्त्री देउवाले कोइरालाले विराटनगरदेखि राष्ट्रिय राजनीतिसम्म पुर्‍याएको योगदानको चर्चा गरे ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *