२०८२ असार ६ गते शनिवार

एकीकृत समाजवादीको बैठकमा ‘वामपन्थी एकता’ बारे माधव नेपालको ब्रिफिङ

काठमाण्डौ,असार २० ।नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा वाम एकताका लागि वामदेव गौतमले गरेको प्रस्तावबारे छलफल भएको छ।

सोमबार राजधानीको कान्तिपथस्थित एक होटलमा झण्डै ६ घन्टा बसेको सचिवालय बैठकमा वाम एकताबारे आएका प्रस्तावमाथि अध्यक्ष माधवकुमार नेपालले सामान्य ब्रिफिङ गरेका हुन्।

पार्टीका उपमहासचिव गंगालाल तुलाधरले अध्यक्षले सामान्य ब्रिफिङ गरेको बताए। ‘वाम गठबन्धनका बारेमा अलिकति ब्रिफिङ गर्नुभयो,’ तुलाधरले नेपालखबरसँग भने।

पार्टी छुट्टाछुट्टै बस्न नहुने भन्दै वामदेवले राखेको प्रस्तावबारे बैठकमा नेपालले जानकारी गराएका थिए।

‘अत्यन्तै उत्साहजनक ढंगले वामदेवजीले छलफल आयोजना गर्नुभयो,’ अध्यक्ष नेपालले बैठकमा राखेको विषय उदृत गर्दै उनले भने, ‘वामपन्थी एकता भन्दापनि पार्टी एकता गरेरै जानुपर्छ भन्ने प्रस्ताव राख्नुभयो, त्यसलाई सबैले सकारात्मक ढंगले लिएका छन्।’

पूर्ववत् अवस्थाको नेकपा बनाउनेगरी जानका लागि वामदेवले राखेको प्रस्तावको बारेमा नेपालले बैठकमा जानकारी गराएका हुन्।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *