२०८१ कार्तिक १७ गते शनिवार

धर्म परिवर्तनको डढेलोले देशलाई नै संकटमा पार्छ – कमल थापा

काठमाडौं,असार १७ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले धर्म परिवर्तको डढेलोले सिंगो देशलाई नै ग्रस्त पारिरहेको टिप्पणी गरेका छन् । एकातिर बाह्य शक्तिको प्रभाव र अर्कोतिर धर्म परिवर्तनको डढेलोले सिंगो मुलुकनै संकटमा पर्ने उनको दाबी छ ।

पार्टीको अन्तक्रिया कार्यक्रममा सुर्खेत आएका उनले शुक्रवार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भने, ‘धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । विश्वमा सबैभन्दा धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । यसलाई नियन्त्रण नगर्ने हो भने केही वर्षमै नेपालको परम्परागत धार्मिक समुदायहरू अल्पमतमा पर्न सक्ने खतरा छ ।’

अध्यक्ष थापाले किरात र बुद्धिस्टहरू खतरामा रहेको बताउँदै हिन्दु धर्ममाथि पनि नकारात्मक खतरा भइरहेको बताए ।

‘म सरकारसँग माग गर्दछु, यसलाई रोकौँ,’ उनले भने, ‘अहिलेसम्म लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान दिएको छैन । करोडौं लगानी गरेर धर्म परिवर्तनका कार्यहरु भइरहेका छन् । धर्म संस्कृतिको जगेर्ना गरेर, परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिन्छ । यही नै उपयुक्त हो भन्ने राप्रपा नेपालको बाटो हो ।’

थापाले आफ्नो पार्टीले थालेको अभियान र समग्र राष्ट्रिय राजनीतिको गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले भने,‘राप्रपा नेपाल कुनै पार्टीबाट फुटेर, विभाजन भएर जन्मिएको होइन, वैकल्पिक मार्गचित्र अंगालेर स्थापना आएको हो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मान्यता राप्रपा नेपालले लिएको छ ।’

उनले तत्कालीन नेकपालाई जनताले दुई दुई तिहाइ बहुमत दिए पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न नसकेको भन्दै अहिले परमादेशबाट सरकार चलेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *