२०८३ भाद्र ३० गते मङ्गलवार

स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताजनक- राष्ट्रपति भण्डारी

काठमाडौँ,असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छिन्।

बुधबार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन्।

उनले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरु नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताइन्।

उनले आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको पनि उल्लेख गरेकी छिन्।

त्यस्तै राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरुबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँड लगायतका सुधारका क्षेत्रहरु पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव दिनुपर्ने बताएकी छिन्।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *