२०८१ कार्तिक १८ गते आइतवार

बामदेब गौतमले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं, असार १४ । वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन ।

पार्टी घोषणाका लागि मंगलबार दिउँसो तीन बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् । केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सदस्य गौतमले भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे नयाँ पार्टी घोषणा कार्यक्रम राखेको जानकारी दिएका छन् ।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालिन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन ।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए ।

२०५४ साल एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *