२०८२ चैत्र १ गते आइतवार

बुटवल उपमहानगरपालिकाको प्रवक्तामा राना

बुटवल असार ६ । बुटवल उपमहानगरपालिकाको प्रवक्तामा शिव राना तोकिएका छन् ।


बुटवल उपमहानगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले वडा नं १५ का अध्यक्ष शिव रानालाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।


बैठकले वडास्तरमा सञ्चालित योजनाहरू असार १५ भित्रै सम्पन्न गर्न निर्देशन दिदै म्याद थप नगर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिए ।


उनका अनुसार बैठकले विषयगत समितिहरूलाई पूर्णता दिएको छ ।

यस्तै मुद्दा मामिलाको पुर्पक्षका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको प्रवक्ता रानाले बताए ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *