२०८३ असार २८ गते आइतवार

मन्त्री आले फेरि विवादमा

काठमाडौँ,असार ३ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् ।

अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेका सुनिने अडियो सार्वजनिक भएसँगै उनको आलोचना भएको छ ।

यसअघि पनि उनले एक जना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीबाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *