२०८३ भाद्र ११ गते बिहिवार

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन ः प्रधानसेनापति शर्मा

काठमाण्डौ,असार ३ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन ।

अमेरिकासँग भएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको पनि जानकारी गराएका हुन ।

उहाँले २०७२ साल कात्तिक १० गते पत्र पठाएको जानकारी दिँदै त्यो पत्र मिलिटरी तालिमसँग सम्बन्धित नरहेको स्पष्ट पारे । अहिले नेपाली सेनाले लेखेको जुन पत्र सार्वजनिक भएको छ, यो सत्य भएको बताए ।

‘चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलायन्स लेखिएको छैन’ उनले भने । उनले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको पनि बताए ।

यस्तै, उनले सैन्य पार्टनरसिप गर्न नपरोस् भनेर विभिन्न काम अघि बढाइएको पनि बताए । यो पार्टनरसिप अन्तर्गत ४ वटा जहाज लिएको र २ वटा आइसकेको अरू प्रक्रियामा रहेको पनि उनले जानकारी गराएका छन ।

एउटा एअर एम्बुलेन्स आउने तर यो कार्यक्रमबाट कुनै हतियार र पैसा नलिएको उनको भनाइ छ । अमेरिकाले प्रस्ताव गरेको भनिएको १० बुँदे सम्झौताबारे आफूहरुलाई थाहा नभएको र त्यो प्रस्ताव आएको नआएको पनि बताए ।

प्रकाशित मिति : २०७९ असार ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *