काठमाण्डौ,असार २ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सिपबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।
भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सिपबाट उत्पादित वस्तुको प्रवद्र्धनमा एक्स्पोले भूमिका खेल्ने विश्वास व्यक्त गरे।
‘यस्ता एक्स्पोले स्वदेशमा उत्पादित वस्तुको निकासी प्रवद्र्धनमा सहयोग पुगी साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सघाउँछ,’उनले भने।
पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले देशको आर्थिक विकासमा उद्योगीको भूमिका अग्रणी रहने बताए ।
प्रकाशित मिति : २०७९ असार २ गते बिहिवार