२०८३ मङ्सिर ८ गते सोमवार

एमालेद्वारा संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता

काठमाण्डौ,जेठ ३० । प्रमुख प्रतिपक्षी एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ ।

यो प्रस्तावमाथि अहिले संसदमा छलफल हुँदैछ ।

एमाले सांसदहरुले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्त्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद् सचिवालयमा स्थगन प्रस्तावको सूचना दर्ता गराएका हुन् ।

नेपाल कृषिप्रधान देश भएको हुँदा धानबालीलगायतका बालीहरुका लागि रासायनिक मल अत्यावश्यक भएको प्रस्तावमा उल्लेख छ ।

धान खेती सुरु हुने समय गुज्रिन लाग्दा पनि मलको लागि कृषकहरु भौतारिँदै हिँडेको सांसदहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *