२०८१ मङ्सिर २४ गते सोमवार

व्यापार घाटा घटाउन बजेटले सही दिशा समातेको छ ः गगन थापा

काठमाण्डौ,जेठ १९ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वर्ष २०७९/८० को बजेटले व्यापार घाटा घटाउन सही दिशा समातेको बताएका छन ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा आउँदो वर्षको बजेटको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताए । उनले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताए ।

उनले भने – ‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको छ । यसका लागि प्राथमिकतामा कृषि नै रहनुपर्‍थ्यो । स्रोत विनियोजन पनि ठिक छ । उपयुक्त कार्यक्रमहरू छनोट भएको छ ।’

सांसद थापाले बजेटमा निजी क्षेत्रको संस्थागत मागहरूलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताए । बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उनले बताए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *