२०८१ मङ्सिर २७ गते बिहिवार

काठमाण्डौको मतगणना अन्तिम चरणमा, आज बेलुकासम्ममा मत गनेर सकिने

काठमाण्डौ,जेठ १२ । काठमाण्डौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावको मतगणना अन्तर्गत अहिले वडा नम्बर १४ र १५ को मत गन्ने काम भइरहेको छ ।

३२ वडा रहेको काठमाण्डौमा ३० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज बिहीवार बेलुकासम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले जानकारी दिएको छ ।

अहिलेसम्मको मत परिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपमेयर र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।

त्यसैगरी अहिलेसम्मको मत परिणाअनुसार काठमाण्डौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको जित हुने देखिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *