दाङ, जेठ ८ । कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदीले अग्रता कायमै राखेका छन ।
मतगणनाको सुरुदेखि नै अग्रता लिएका उनीहरुले एउटा मात्रै वडाको मतगणना बाँकी रहँदापनि अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिनाम अनुसार आचार्यले १२९०६ मत प्राप्त गरेका छन् । आचार्य निकटत प्रतिष्पर्धी भन्दा १४७६ मतान्तरले आगाडि छन् ।
यहाँ नेकपा एमालेका खिलप्रसाद भुसालले ११४३० मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९५५८ मतका साथ तेस्रो स्थानमा छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी सुवेदीले १३०१२ मत प्राप्त गरि अग्रता कायमै राखेका छन् । सुबेदीलाई नेकपा एमालेकी अस्मिता थारुले १२६०४ मतका साथ पच्छ्याइ रहेकी छिन् । सुबेदी र थारुका बीचमा ४०८ मतान्तर रहेको छ । उपमेयरमा नेकपा एकिकृत समाजवादीकी नारायणी वलीले जम्मा ४९४४ मत प्राप्त गरेकी छन । कोहलपुरमा माओबादी र समाजबादीको चुनाबी तालमेल रहेको छ ।
१५ वडा रहेको कोहलपुरमा अब ८ नं. वडाको मात्रै मत गणना बाँकी छ । अन्तिम मत परिणाम ढिलोमा मध्यान्ह १२ बजेसम्म आउने आनुमान गरिएको छ ।