२०८१ मङ्सिर १७ गते सोमवार

बैजनाथमा चुनाबी अभियान

बाँके, बैशाख १८ । नेपाली कांग्रेसबाट बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार प्रकाशबहादुर शाहीले पालिका अध्यक्षमा बिजयी भए सवैभन्दा पहिलो काम सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने बताएका छन् ।

बैजनाथ ७ पेरारीमा आइतबार घरदैलो अभियानका क्रममा अध्यक्षका उम्मेदवार शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले भूमी आयोग गठन गरी जिल्लामा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न निर्देशन गरेपनि बैजनाथका सुकुम्बासीलाई लालपूर्जा पाउनबाट एमालेले बञ्चित गरेको आरोप लगाए ।

शाहीले भने – ‘बैजनाथमा अहिले एमालेले पालिका जितेको छ । हामीले पटक पटक पालिका अध्यक्ष मानबहादुर रुचालललाई चाँडो भन्दा चाँडो पालिकामा भएका सुकुम्बासीको लगत संकलन गरी भूमी आयोगलाई बुझाउन आग्रह ग¥र्यौ, तर उहाँले काम भएन । ‘

रुचालले प्रधानमन्त्री देउवाको पालामा सुकुम्बासीले लालपूर्जा पाएमा स्थानीय सरकार कांग्रेसले जित्छ भन्ने भएका कारण पालिकाका सुकम्बासीलाई जग्गा पाउनबाट बञ्चित गरेको आरोप लगाए ।

कांग्रेसले जित्छ भनेर पालिका अध्यक्ष रुचालले पूर्वाग्रही तवरले लालपूर्जा वितरणमा ढिलासुस्ती गरी सुकुम्बासी तथा भूमीहिनलाई लालपूर्जा पाउनबाट बञ्चित गरेको उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले बताइन ।

उपाध्यक्षकी उम्मेदवार रोकायले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताइन ।

रोकायले पालिकाका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने आश्वासन बाँडिन ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *