२०८३ भाद्र १० गते बुधवार

नेपाली कांग्रेसको राप्तीमा उम्मेद्धारी घोषणा

बर्तमान अध्यक्ष र पार्टि सभापति सहित ८ आठ आकाक्षी

दाङ,चत २१ । नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा अध्यक्ष र उपाध्यक्षमा पदमा उम्मेद्धारी घोषणा कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमा नेपाली कांग्रेसको तर्फवाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा बर्तमान अध्यक्ष नुमानन्द सुवेदि, पार्टि सभापति विद्याशरण चौधरी, महाधिबेशन प्रतिनिधि चन्द्र बहादुर जिसी, महाधिबेशन प्रतिनिधि हरि भुसाल, निवर्तमान प्रदेश सभा १ सभापति तारा बहादुर डिसी, जिल्ला सदस्य लाल महोम्मद मिया, पुर्व महाधिबेशन प्रतिनिधि दोर्ण भुसाल, युवा तथा शहिद पुत्र बुद्धि प्रकाश चौधरीले उम्मेद्धारी घोषणा गरेका छन ।

त्यसौ गरि उपाध्यक्षमा बर्तमान उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला सदस्य शोनु भण्डारी, पालिका उपसभापति स्यामा रावत डागी, प्रदेश महाधिबेशन प्रतिनिधि मेनुका गिरीले उम्मेद्धारी घोषणा गरेकी छिन ।

लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरीको प्रमुख आथित्यता, तथा संवीधान सभा सदस्य शुसिला चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा गठवन्धनका विषयमा अन्तरक्रिया गरिएको थियो ।

विचार ब्यक्त गर्ने क्रममा महाधिबेशन प्रतिनिधि विलोचन चौधरी, असोदा चौधरी लगायतले गठवन्धनका विषय सवल र दुर्वल पक्षको समिक्षा गरेका थिए ।
कार्यक्रममा पालिका सचिव तिर्थराज ज्ञवालीले कार्यक्रमको सहजिकरण र संगठन विभाग प्रमुख सुरेन्द्र भुसालले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *