२०८३ असार २ गते मङ्गलवार

शान्तिनगरमा राजमोको समिति गठन


घोराही, कात्तिक २१ । पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले आफ्नो समिति गठन गरेको छ । शुक्रवार चिराघाटमा एक भेलाको आयोजना गरि उस्ले समिति गठन गरेको हो । भेला रमेश अधिकारीको अध्यक्षता र पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको हो ।

भेलाले रमेश अधिकारीकै अध्यक्षतामा १७ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कोमल बुढाथोकी, सचिब शिवकुमार देबकोटा, सहसचिव ललिता बिक, कोषाध्यक्ष तुलसी थापालाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा सुमन थापा, उमेश बिक , यामबहादुर खड्का, हिमाल बिक, कृष्ण भुसाल, भानुभक्त बिक, सुनिता बिक, महेश घर्ती, मेघबहादुर गन्धर्व रहेका छन् । तीन सदस्य भने रिक्त राखिएको छ । भेलामा अखिल नेपाल युबक संघका पुर्ब केन्द्रीय सदस्य ससिराम बुढाथोकी , घोराही नगर उपाध्यक्ष सुमन घर्ती, शान्तिनगर युबा संजालका अध्यक्ष कर्णदिप देबकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *