२०८१ चैत्र ६ गते बुधवार

श्रीगाउँमा विश्व हिन्दु युवा संघ नेपालको शुभकामना आदान प्रदान कार्यक्रम

तस्विर : फरक कोण

श्रीगाउँ, कात्तिक ४ । विश्व हिन्दु युवा संघ नेपालले दशैं तिहारको अवसर पारेर पश्चिम दाङको श्रीगाउँमा मंगलवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संघका जिल्ला अध्यक्ष दिनेश जंग शाहको अध्यक्षता, डा. भोलानाथ योगीको प्रमुख आथित्यता र डा. चिन्तामणि योगीको विशिष्ट आथित्यमा कार्यक्रम भएको हो ।

दंगिशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका विश्व हिन्दु युवा संघ नेपालका अध्यक्ष ऋषिकेश जंग शाह, सल्यानको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सञ्तोष केसी, नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्ती, नाथ संप्रदायका अगुवा धर्मनाथ योगी लगाएतले हिन्दु धर्मको महत्वका बारेमा प्रकाश पारेका थिए ।

तस्विर : फरक कोण

उनीहरुले पछिल्लो समय क्रिस्चियनहरुले जोर जवर जस्ती प्रलोभनमा पारेर धर्मान्तरण गराउँदै आएको भन्दै तत्काल त्यो रोकिनु पर्ने माग गरेका थिए । नेपाल जस्तो बहुसंख्यक हिन्दुहरुको बसोबास भएको राष्ट्रलाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बक्ताहरुको जोड थियो । विदेशीको इशारामा नेपाललाई धर्म निरीपेक्ष राज्य बनाइएको हुँदा त्यो सच्याउन जरुरी रहेको बक्ताहरुको जोड थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *