२०८१ भाद्र २३ गते आइतवार

खुर्सानी रोपेर माटोले स्याउ दिन सक्तैन

जापनिज संस्कार र सभ्यतामा कसै प्रति बदलाको भाब, इष्र्या, डाहाको भाब छैन । नत्र अमेरिकी आक्रमणले बिक्षिप्त बनेको जापान र जापनिज नागरिक अ्मेरिकनहरुका बिरुद्धमा आफुले सकेको प्रतिकार , प्रतिवादमा उत्रन सक्थे ।


तर त्यसको साटो जापनिज नयाँ संस्कार र मान्यता कस्तो बन्यो भने अमेरिकनहरुलाई जित्ने रणनीतिक योजना सबै जापनिज उत्पादन अमेरिकन बजारमा र अझ प्रत्यक अमेरिकनका घर घरमा पु¥याउने योजना अनुसार काम भयो । उत्पादनमा जापान जुट्यो । र जापनिज टेक्नोलोजी संसार भर आफ्नो एकछत्र बजार बनाउन सफल भयो ।

मेहनत पसिना बगाएर नै जापानले आफुलाई बिकसित देशको रुपमा उभ्याउन सफल बन्यो ।
आजपनि जापनिज संस्कारमा सार्वजनिक सम्पतिको संरक्षण व्यक्तिगत सम्पति सरह हरेक नागरिकले गर्दछन ।
हरेक नागरिक श्रमलाई जिवन ठान्दछन । उत्पादनले मात्र आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा बिस्वास राख्दछन । बाचुन्जेल सकेको श्रम गर्नु पर्दछ भन्ने मान्यता राख्दछ्न । सोही अनुसार हरेक नागरिकको पसिनाले देश सिन्चित छ । देश समृद्ध छ ।


हरेक नागरिक आफुले खाने कुरामा जानकार छ । के खाने ? कति खाने ? कसरि खाने ? भन्ने कुरा पुर्ण रुपमा पालना गर्दछ । ब्यायम , योगा, ध्यान मार्फत मानशिक स्वास्थ्यपनि बलियो बनाउन नियम पुर्बक दैनिक अभ्यास गर्ने गर्दछन ।


एउटा यस्तो गाँउ त्यँहाका औषत मानिस १०० देखि ११० बर्ष बाच्ने गर्दछन । त्यस्को एउटा राज भनेको सञ्तोष र आनन्दको खोजी अर्थात इकिगाई रहेछ । हरेक मानिस आफ्नो जिवनको रहस्य (इकिगाई) को खोजिमा जिवन बाच्दो रहेछ ।


हरेक कुराको निश्चित योजना छ । मान्यता छ । संसकार छ । नियम छ र हरेकको बिस्वास बदला लियर होइन बदलिय बाच्नु पर्छ भन्ने छ । अध्यारोलाई जित्न अनकंटार अध्यारो होइन त्यस्को साटो सानो भएपनि उज्यालो चाहिन्छ भन्ने मान्यता छ । जसका कारण जापान युद्धले थिलो थिलो परेर पनि आज शक्ति शालि र समृद्ध भयर उभिएको छ । आफ्नो स्वाभिमानमा बाँचेको छ ।


हरेक नागरिक आफुलाइ जिम्मेवार सम्झन्छन । बिग्रिएका हरेक काम हरुको जवाफदेही सम्बन्धित निकाय संगै आफुपनि हो भन्ने कुरा स्विकार्द छ्न । सकेको , जानेको र गर्न सक्ने सबै खालका काम काज आफुले राज्यका लागि गर्नु पर्दछ भन्ने संस्कार छ । राज्य भन्नु नै नागरिकहरुको जमात हो । नागरिकहरु भन्नु नै राज्य हो ।
यिनिहरु बीचको पारस्परिक सम्बन्ध मजबुत बनाउन दुबै जिम्वेवार हुनुपर्दछ । आफ्नो जिम्वेवारि दुबैले पुरा गरे मात्र राष्ट्र सफल , समृद्ध र शक्ति शालि बन्न सक्छ भन्ने राम्रो चेतना उनीहरुमा छ ।
अल्प विकसित बाट विकसित बन्ने एउटा प्रकृयामा हाम्रो देश नेपालपनि छ । हामी नेपाली पनि त्यही प्रकृयामा छौ ।
लामो समय बिभिन्न राजनीतिक आन्दोलन, बिद्रोह र गृहयुद्धले पछाडि धकेलियको मुलुक भर्खरै मात्र एउटा बिकशित प्रणाली , राजनीतिक दलहरुको मान्यता अनुसार बिकसित मानिएको अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेको छ ।


यो पनि लामो समय बित्यो । तर पनि देशको अस्थिर राजनीतिका कारण हामीले परिकल्पना गरेको जस्तो बिकसित समाज बनाउन सकिरहेका छैनौ । यधपी बिकास नभएको भन्ने कुरा चाही होइन । क्रमशः हुने बिकासलाइ हाम्रो जस्तो अल्पबिकसित मुलुकले गुणात्मक रुपमा अगाडि बढाउन सके मात्र राष्ट्र बिकसित र शक्तिशाली बन्न सक्दछ ।


हरेक कुरामा नकारात्मक टिप्पनी र बिनास मात्र देख्ने हाम्रो कुंसस्कारले देशको समृद्धी , सुशासन , भ्रष्टाचार मुक्त बनाउने अभियानलाइ समेत असफल बनाउन भूमिका निर्वाह गरेको छ भन्दा गलत हुदैन ।
हरेक नागरीक सचेत हुनुपर्दछ । सचेतना पुर्वक समस्याको उठान र समाधानका लागि पहल गर्नु पर्ने संस्सकारको बिकास हुनुपर्दछ ।


समस्याहरुको समाधान नगरि गरिएको बिरोध र गुनासोले समस्याहरुलाई अझ बढवा दिन्छ । भने त्यस्को असर बिभिन्न व्यक्ति, समुह र समाजको स्तरसम्म पु्ग्छ । जस्ले सदभाब, सामाजिक मेलमिलापको भाबमा समेत खलल पु¥याउने गर्दछ ।


अहिले देखिएको सतहीमा सस्तो लोकप्रियताका लागि कोही अल्झिनु हुँदैन । नागरिकदेखि जिम्वेवार व्यक्तिले दिने अभिव्यक्तिले सिंगो राष्ट्रलाइ बिकासको गति दिने खाले हुनुपर्छ ।

नकि बिकासको गतिमामा अबरोध हुने खाले होस । एकले अर्कौलाई सहयोग गरेर जानु पर्ने अबस्थामा असफल बनाउन गरिने दुसप्रयासले सिंगो देशलाइ नै अझ गरिबी र युद्ध तिर लैजान सक्ने खतरा उत्पन्न हुन सक्छ ।
आफ्ना अभिव्यक्तिले सिंगो समाज र राष्ट्रलाइ पु¥याउने क्षतिको अंदाज गरेर मात्र अगाडि बढ्न सकियो भने थुप्रै कुराहरुको समाधान संभव हुन सक्छ ।


समाज र राष्ट्र बनाउन सबै भन्दा पहिला सकारात्मसोच बनाउन जरुरी हुन्छ । सकारात्मक भाबको बिकास गरौ । समास्याको उठान र समाधानको बिकल्पपनि दिने संस्कार बनाउन सक्नु पर्छ ।
आफुपनि जिम्वेवार छौ भन्ने बोध गरौ । यो समाज माटो जस्तै हो । खुर्सानी रोपेर मिठो स्याउ माटोले दिन सक्तैन । हाम्रो गुण , स्वभाब , संस्कार अनुसार त्यही कुरा गुणात्मक रुपमा फिर्ता हुने हो ।


हरेक नागरिकको स्तरबाट अनिवार्य श्रम गर्ने बानिको बिकास गरौ । आत्मनिर्भरताका लागि सकेको हदै सम्मको प्रयास गरौ । आफ्ना वरपरका अनियमितता, कम्सल कामकाज र भ्रष्टाचारलाई खबरदारी गरौं । संगै त्यसलाइ रोक्ने कर्तब्यको पालना गरौ ।

अनिवार्य आम्दानीको कर बुझाउने दायित्व पुरा गरौ । हाम्रै पालामा हाम्रो देशलाइ हाम्रै पसिनाले सिंचित गर्ने अठोट बोकौ । परिवार बाटै खानपान, संसार,अनुशासन , मेलमिलाप, शिष्टाचार, मौलिकताको सरक्षणमा हाम्रा साझेदार बनौं । भबिस्यका कर्णाधार बालबालिकालाइ यी कुराहरु सिकाउँ, सम्झाउँ अनि बुझाउँ ।
सभ्य , संस्कार युक्त र बिकसित समाज निर्माण गर्न अब अबेर नगरौ । सबैले हातेमालो गरौ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *