२०८१ माघ ३० गते बुधवार

खाडी मुलुकबाट विप्लवलाई बोहोराले लेखे यस्तो पत्र

आदरणीय महासचिव कमरेड,
सर्वप्रथम क्षितिजपारिको आकाशमुनिबाट यो श्रमिक युवाको तर्फबाट क्रान्तिकारी जोशिलो रातो सलाम टक्र्याउन चाहन्छु । हाम्रो देश नेपालको सामाजिक, आर्थिक, राजनीतिक भौगोलिक परिवेश, नेपाली जनताको खस्कंदो जीवनस्तर तथा नेपाली कम्युनिस्ट आन्दोलनमा दिनानुदिन हाबी भएको प्रतिगमनबाट म जस्ता कैयौं क्रान्तिकारी युवालाई चिन्तित र निराश बनाएको जगजाहेर गराउन चाहन्छु।

हुन त म परिवार पाल्नकै निम्ति विदेशीको गुलामी गर्न मरुभूमि आइपुगेको मान्छे यति धेरै चिन्ता नगरेको भएपनि हुन्थ्यो । तर यो मनले नमानेपछि तपाँईका नाममा केही शब्द कोर्ने जमर्को गरेको हुँ ।आदरणिय महासचिव क। विप्लव, तपाई एउटा महान क्रान्तिकारी योद्वा हुनुको नाताले यहाँलाई केही कुरा भन्न र सुनाउन केही नलेखी बस्न सकिन ।

त्यसैले मेरो भावना तपाँई समक्ष खुल्ला रुपमा सम्प्रेषण गर्न चाहेको हुँ । मैले भनि रहनुभन्दा पनि तपाईंले महसुस गरिरहनु भएकै होला । आज हाम्रो देश नेपाली जनताका हक अधिकारहरुलाई केही मुठ्ठीभरका मान्छेहरुले तानाशाही कब्जामा लिएका छन् । देशमा यतिखेर उनीहरुकै शासन चलिरहेको छ । क। विप्लव नेपाली राजनीतिक वृतमा तपाईं प्रति नागरिकले ठूलो आशा र भरोसा राखेका थिए र छन् ।

अहिले पनि तपाई र तपाईको पार्टी नेकपाको चर्चा परिचर्चा अनेक कोणबाट भइरहेका छन् । हरेक कोणवाट विश्लेषण र समीक्षा गर्न थालिएको छ । नेपाली राजनीतिमा यहाँको उपस्थितिले नयाँ तरंग पैदा भएको साँचो हो । देश दुनियाँलाई त्यो सर्बविदितै छ ।

अझ यहाँ त एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद २१औं शताब्दीको नयाँ कोर्षको प्रसंग उठाउँदा आम जनमानसमा बहसको विषय सिर्जना हुने गर्छ । जाली ,फटाहा ,तस्कर ,माफिया ,भ्रष्ट ,दलालहरुको सात्तो पुत्लो जान्छ ।

त्यस्तै आफूलाई यो देशको मालिक ठान्ने प्रतिगामी तत्व तथा देशी विदेशी साम्राज्यवाद र विस्तारवादका पृष्ठपोषक शक्ति केन्द्रमा पनि अनौठो तंरग पैदा हुनु स्वाभाविक हो । तपाँईका कुराले आम नागरिकमा एउटा उर्जा र आशाको सञ्चार प्रबाह गर्छ ।

बिगतमा दश वर्षे जनयुद्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तपाईको सादगी जीवन एवं सच्चा क्रान्तिकारी व्यवहारवारे दुनियाँलाई जानकार हुनुपर्छ । सुरु देखिनै यहाँले आफूलाई सच्चा क्रान्तिकारी नेताको रुपमा स्थापित गराउनु भएको कुरा समेत कसै सामू छिपेको छैन ।
पछिल्लो समय देश गम्भीर राजनीतिक संकटमा गुज्रीरहेको अबस्थामा छ ।
यस्तोमा तीन करोड नेपाली बिप्लव किन मौन हुनुहन्छ रु भनेर सायद सोचिरहेका होलान, खोजी रहेका होलान । महासचिव क।विप्लव तपाँई समयले जन्माएको क्रान्तिको मसिहा हो । देश इतिहासकै गम्भीर मोडमा आइपुगेको अवस्थामा तपाँई स्वतन्त्र सार्वभौम अखण्ड स्वाधिन राष्ट्र राष्ट्रियता र स्वाभिमानको रक्षार्थ थप अग्रशर बन्न जरुरी म ठान्छु ।

आदरणीय क. विप्लव तपाँईको खुल्ला राजनीतिमा प्रबेश, आगमन एकदमै सान्दर्भिक र महत्त्वपूर्ण छ। तर, अब तपाँई स्पष्ट रुपमा राष्ट्रघाति, देशद्रोही ,दलाल, पूँजीवादी,विकृत संसदीय ब्यबस्थाका भ्रष्ट मतियारहरुको बिरुद्ध बोलेर फेरि निदहराम गर्नु पर्छ ।

राष्ट्रिय स्वाधीनताको लागि जनताको जनमत जनभावना र जनबोलीको उच्च सम्मान गर्दै जनताको माझमा जनता संगसंगै हातेमालो गर्दै जनताका जनआवाज बुलन्द पार्दै राष्ट्रहित जनहितको लागि नयाँ क्रान्तिकारी परिवर्तनकारी राजनीतिक कार्यदिशाको एजेन्डा लिएर अगाडी बढन सक्नु पर्छ ।

शान्तिपूर्ण राजनीतिक कार्यदिशाको जनलहरमा नेपाली जनताको साथ अवस्य रहिरहनेछ भन्ने बिश्वास छ । नेपाली राजनीतिको नयाँ अध्याय शुरुवात गर्नु अहिलेको माग हो । जनवादी धारको नेतृत्व यहाँले नै गर्नु भएको थियो र भोलिपनि त्यो धारको नेतृत्व यहाँले नै गर्नु हुने छ भन्ने बिश्वास छ ।

बारम्वार पार्टीमा क्रान्तिकारी धार जोगाउन भनेरै यहाँले पछिल्लो पटक करिब ७ बर्ष पहिले नेकपा कम्युनिस्ट पार्टी गठन गर्नु भएको हो ।

क। बिप्लव त्यो क्रान्तिको झण्डा झुक्न दिनु हुने छैन भन्ने विश्वास छ ।
यहाँले भनेझैं एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद एउटा नयाँ अध्यायमा देश रुपान्तरण र परिवर्तनको लागि सम्पुर्ण देशभक्त ,राष्ट्रवादी ,वामपन्थी ,क्रान्तिकारी तथा प्रगतिशिल समूदाय हातमा हात र काँधमा काँध मिलाएर अगाडि बढ्नु हुने छ भन्ने आम तपाँईका अनुयायीहरुले आशा र भरोसा गरिरहेका छन् ।

अहिले एकीकृत जनक्रान्तिको कार्यदिशा र बैज्ञानिक समाजवादको स्पष्टरुपमा जनमानसमा बुझाउन आवश्यक छ ।

आजको दिनसम्म नेपाली नागरिकले नागरिक राज्यको आभाष गर्न पाएका छैनन । राणाकाल ,पञ्चकाल, बहूदलकाल र अहिलेको गणतन्त्रपनि अपेक्षाकृत आम नागरिकका लागि राज्य बन्न सकेन । त्यसको पहल र नेतृत्व तपाँईले गर्नु हुने छ भन्ने बिश्वास छ ।

नेपाली नागरिकहरु सधैँ विभिन्न समस्या तथा पीडामा परिरहेका छन । भनेको बेला न्याय पाइरहेका छैनन् , सुरक्षा पाइरहेका छैनन् । यस्तै व्यापक भ्रष्टाचार ,अनियमितता लगायतका गतिविधिहरु बढ्दै जाने हो भने राज्य छ रु भन्ने आधारहरु रहने छैनन् ।

यहाँले यसअघि भन्दै आएका कुरा यि र यस्तै हुन । अब त्यो दिशा भेदन गर्न यहाँहरु इमान्दारीका साथ लाग्नु हुने विश्वास छ ।

यो बिपरित संझौता प्रस्त राजनीति गर्नु हुने छैन भन्ने बलियो बिश्वास छ । यदी त्यसो गरे, तपाँई र तपाँईको पार्टीको हालसम्मको गर्बिलो इतिहास पनि नामेट हुने खतरा उत्पन्न हुन सक्छ । यो तितो र यथार्थ कहिलै नभुल्नु होला । धेरै आश लाग्छा मानिसहरु उदेश्यबाट बिचलित भएका धेरै उदाहरणहरु छन् । तपाँई त्यसबाट जोगिनु होला ।

अन्त्यमा क। बिप्लब, पार्टीलाई क्रान्तिकारी , एकिकृत र केन्द्रीकृत गरि, पार्टी भित्र मौलाउन थालेको चाकडी र अराजकता रूपान्तरण गर्दै जनतामा पार्टी र कार्यकर्तालाई सर्वस्विकार्य बनाउदै लैजानु हुने छ भन्ने बिश्वास छ । कतिपय शुभचिन्तक तथा शुभेच्छुकहरूमा पार्टी भाँड्ने प्रबृत्ति हावी हुँदै गएको देखिन थालेको छ । त्यसका लागि पार्टीमा आन्तरिक शुद्धीकरण तर्फ पनि विशेष ध्यान दिनुहुन अनुरोध छ ।

लेखक – बेद बोहरा
नेपाली जनप्रगतिशिल मोर्चा कतारका वरिष्ठ उपाध्यक्ष तथा मध्यपूर्ब मोर्चाका अध्यक्ष हुन ।

प्रकाशित मिति : २०७८ बैशाख २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *