२०७७ माघ ९ गते शुक्रवार

कुकुर तिहार र लक्ष्मीपूजा आज

धन बर्षाउने लक्ष्मीलाई कसरी खुसी पार्ने ?

आज नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा गरी दीपावली पर्व मनाइँदैछ ।नरक चतुर्दशीका दिन अर्थात आज बिहानै उठेर तीर्थमा स्नान गर्नाले यसलोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ । तिहारको प्रमुख दिनका रुपमा लिइने यस दिनमा धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार लक्ष्मी पूजाको दिनमा गरिएको पूजाबाट विशेष फल प्राप्त गर्न सकिन्छ। आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

श्रद्धा एवं भक्तिले लक्ष्मीजीको पूजा जतिबेला पनि गर्न सकिन्छ ।

लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधुली स्थिर लग्न (वृष) र सूर्यास्तको बीचमा अर्थात् लक्ष्मीपूजाको लागि साँझ ०५ : १२ बाट ०७ : ०८ बजे सम्मको समय उत्तम रहेको छ भने सिंह लग्नको शुभ समय रात्री ११:४३ देखि १:५५ बजे सम्मको समय उत्तम छ ।

दीपावलीको यस दिनमा राशी अनुसार पूजाआजा गर्नाले लक्ष्मी प्रशन्न हुने र मनको इच्छा पूरा हुने विश्वास गरिन्छ। लक्ष्मी पूजाको दिनमा राशी अनुसार गरिने निम्न उपायहरू अनुसार पूजाआजा गरेर लक्ष्मीको कृपा हासिल गर्न सकिन्छ ।

मेष राशी
– लक्ष्मी पूजाको दिन रातो चन्दन, केशरी मिसाएर सेतो कपडा दराजमा बिछ्याउनाले समृद्धी बढ्छ र आकस्मिक धनहानीको सम्भावना कम हन्छ।
– लक्ष्मी पूजाको दिन साँझमा घरको मुख्य ढोकामा तेलको ज्योति बाल्नाले आर्थिक कठिनाईको सामना गर्नु नपर्ने तथा रोकिएको धन पनि चाँडै नै प्राप्त हुन्छ।
– मेष राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ऐं क्लीं सौ:

वृष राशी
– लक्ष्मी पूजाको राति गाईको घ्यूले भिजाएर ज्योति बालेर कुनै एकान्त स्थानमा आफ्नो इच्छा भनेर राखेर आउनाले मनको इच्छा पूर्ण हुन्छ।
– वृष राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ऐं क्लीं श्रीं

मिथुन राशी
– लक्ष्मी पूजाको रातमा लक्ष्मी-गणेशको पूजा गर्दै दक्षिणवर्ती शंखको पूजा गरेर त्यसलाई आफ्नो धन स्थान अर्थात् दराजमा राख्नाले आर्थिक स्थितिमा सुधार आउन सक्छ।
– लक्ष्मीको पूजा पछि गणेशजीको प्रतिमालाई हल्दीको माला लगाइदिनाले ऋणबाट क्रमश: मुक्त हुँदै गइन्छ भन्ने विश्वास छ।
– मिथुन राशीका मानिसले लक्ष्मी पूजाका दिन तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ क्लीं ऐं स:

कर्कट राशी
– लक्ष्मी पूजाको साँझ पीपलको रूखमा तेलको पञ्चमुखी ज्योती बाल्नाले धन प्राप्ति हुन सक्छ।
– लक्ष्मी पूजाको दिनमा पहेलो त्रिकोण आकृतिको झण्डा भगवान् बिष्णुको कुनै मन्दिरको सकेसम्म माथिल्लो स्थानमा फहराउन मिल्ने गरी राख्न सके अर्को लक्ष्मी पूजासम्म तपाईको इच्छा पूरा हुन सक्छ भन्ने मान्यता छ।
– कर्कट राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ क्ली ऐं श्रीं

सिंह राशी
– लक्ष्मी पूजामा घरको मुख्य ढोकामा गाइको घ्यूले भिजाएर ज्योती बाल्नुपर्छ। यदी त्यो ज्योती बिहानसम्म बलिरहे तपाईको आर्थिक अवस्थामा सुधार आऊँछ साथै मान-सम्मान पनि बढ्नेछ।
– यदि शत्रुले तपाईलाई हैरान गरेका छन् भने लक्ष्मी पूजाको दिनको साँझमा पीपलको पातमा अनारको डाँठले शत्रुको नाम लेखेर जमिनमा गाड्नाले शत्रुले कुनै हानी पुर्‍याउन सक्दैन।
– सिंह राशीका मानिसले लक्ष्मी पूजाका दिन तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ह्रीं श्रीं सौं:

कन्या राशी
– लक्ष्मी पूजाको दिन रातो रूमालमा नरिबल बाँधेर आफ्नो दराजमा राख्नाले धन सम्बन्धी समस्याबाट मुक्त होइन्छ। यसका साथै लक्ष्मी पूजाको दिनमा रूद्राक्षको माला लक्ष्मीको मन्दिरमा चढाउनाले पनि लक्ष्मीको कृपा प्राप्त हुन सक्ने मान्यता रहिआएको छ।
– लक्ष्मी पूजाको दिनबाट सुरू गरेर प्रत्येक अमावस्याका दिन दैनिक रूपमा खिर बनाएर कागलाई खुवाउनाले जागिर नभएकाले जागिर पाउन सक्छन्।
– कन्या मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ श्रीं ऐं सौं

तुला राशी
– लक्ष्मी पूजाको वरको रूखको पातमा सिन्दूर र घ्यूले ऊँ श्रीं श्रियै नम: मन्त्र लेखेर यसलाई बगिरहेको पानीमा बगाइदिनाले व्यवसायमा घाटा भइरहेको छ भने घाटाबाट बच्न सकिन्छ।
– तुला राशीका मानिसले दीपावलीको बिहान नुहाएर नित्य कर्म गरेपछि लक्ष्मीको मन्दिरमा पुगेर ११ वटा नरिवल चढाउनाले लक्ष्मीको कृपा प्राप्त गर्न सकिन्छ।
– तुला राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ह्रीं क्लीं श्रीं

वृश्चिक राशी
– लक्ष्मी पूजाको दिन आफ्नो घरको बगैँचा या वराण्डामा केराको दुई वटा रूख लगाउने र यसको संरक्षण गर्ने। यसको फल आफूले नखाने अरूलाई दान दिने गरे धनको इच्छा पूर्ण हुन सक्छ।
– यदी परिवारमा अशान्ति छ भने लक्ष्मी पूजाको राती केशरको फूल ल्याएर घरमा कही लुकाउनाले यसले परिवारमा शान्तिको वातावरण बन्छ भन्ने विश्वास गरिन्छ।
– वृश्चिक राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ऐं क्लीं सौ:

धनु राशी
– लक्ष्मी पूजाको दिनमा पानको पातमा श्री लेखेर आफ्नो पूजा घरमा राख्ने र दैनिक रूपमा यसको पूजा गर्ने गरे धन प्राप्ति हुन सक्छ।
– धनु राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ह्रीं क्लीं सौ:

मकर राशी
– लामो समयदेखी यदी आफ्नो पैसा आफ्नो हातमा परेको छैन् भने लक्ष्मी पूजाको दिन आँकको कपासको ज्योति बनाएर घरको ईशान कोणमा बाल्नाले धन प्राप्त गर्ने सम्भावना बढ्छ।
– लक्ष्मी पूजाका दिन भगवान् बिष्णुको पूजा गर्ने र उनलाई पहेलो कपडा, पहेलो मिठाई वा पहेलो फल चढाउनाले विवाहका लागि उत्पन्न बाधा हट्न सक्छ।
– मकर राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ऐं क्लीं सौ:

कुम्भ राशी
– लक्ष्मी पूजाको दिन नरिबलको बाहिरी भागमा घ्यू हालेर लक्ष्मीको मुर्ति या फोटो नजिक ज्योती बाल्नाले धन प्राप्तिको अवसर मिल्न सक्छ। उक्त ज्योति सकेसम्म रातभरी बल्ने गरी बाल्नुस्।
– आफ्नो जीवन साथीसँगको सम्बन्ध राम्रो छैन् भने उलष लक्ष्मी पूजाको दिनमा खिर बनाउनुस् र लक्ष्मीलाई चढाउनुस् र आफैले खानुस्। यसले दाम्पत्य जीवन सुदृढ हुन सक्छ।
– कुम्भ राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ह्रीं ऐं क्लीं श्रीं

मीन राशी
– लक्ष्मी पूजाको दिनमा जलेको कालो कपूरले शत्रुको नाम लेखेर आफ्नो खुट्टाले मेटे शत्रुले हैरान बनाउन नसक्ने विश्वास गरिन्छ।
– धन लाभका लागि दीपावलीमा कुनै लक्ष्मी मन्दिरमा गएर कमलको फूल, नरिवल चढाउने तथा सेतो मिठाई चढाउने। यसले तपाईको धनको समस्या समाप्त हुन सक्छ।
– मीन राशीका मानिसले लक्ष्मी पूजाको राती तुलसी या स्फटिकको मालासँगै यो मन्त्रको जप गर्नुपर्छ।
ॐ ह्रीं क्लीं सौ:

यसरी लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *