२०८१ माघ ११ गते शुक्रवार

पत्रेखोलाले दिनभर रोक्दा …

नारायण खड्का,
दाङ, साउन २५ । शनिवार दिउँसो फोटो पत्रकार राजेश खत्री र म काम विशेषले घोराही गएका थियौं । पहाडी भेगमा पानी पर्न थालेपछि हामी हतरा पूर्वक तुलसीपुर फर्कियौं । यात्रा बाइकको थियो । फाट्ट फुट्ट पानी परेपनि भिजाउने खाले थिएन । हापुर खोला, सेवार खोलामा बाढी थिएन । सहजै पार गरियौं ।

गुर्जै खोलामा पूल निर्माण भइसकेको हुँदा टेन्सन थिएन । घोराहीको सीमाना पार गरेर तुलसीपुरको सीमाना मज्गैं पनि छिचोल्यांैं । त्यसको केही बेरमै आइपुग्यो पत्रे खोला ।

त्यहाँ पुग्दा खोलाको दुबै तर्फ ठूला साना गाडीको लाम देखियो । मनमा चिसो पस्यो । बाढी आएछ कि कसो ? डाँडोबाटै बाढी देखियो । केही बेर डाँडोमै बसेर नियाल्यौं । ‘खोलामै जाउँ उतै रमिता हेरौंला’ भन्ने सल्लाह ग¥यौं । बाइकले खोला तर्न सक्ने अवस्था थिएन । खोला तारिदिनेहरु पनि थिए । एउटा बाइक तारेको दूई सय लिन्थे । पैंशा भएकाहरु पैंशा तिरेर बाइक तराउँथे । आफु हिडेर खोला पार गर्थे । त्यसो गर्दापनि जुत्ता, पाइन्ट भिज्थ्यो । त्यसैले प्रतिक्षा ग¥यौं । खहरे खोला न हो,केही बेरमै घट्ला नि .. भन्ने सोच थियो । सोचे जस्तो भइदिएन । खोला आशातित रुपमा घटेन ।

बेलुकी सवा ७ बजिसक्दा पनि खोला तर्न सकेनौं । अन्तिममा रिक्स मोलेरै खोला पार ग¥यौं । झन्डै बगाएन । त्यो पत्रे खोला पार गरे तुलसीपुर आउन सहज थियो । बेलझुण्डीदेखि थोरै पश्चिमको अर्कौ खोलामा पनि पूल निर्माण भइसकेको छ । बर्षामा बढी जोखिम युक्त मानिने ग्वारखोलामा पनि पुल निर्माण भइसकेको छ । कालो खोलामा तत्काललाई समस्या छैन । कजबे माथि ह्यिम पाइप राखिएको छ ।

त्यहाँ बाढीले थुनिएका अरुपनि हामी जस्ता धेरै थिए । समयमै पुल निर्माण नहुँदा यो वर्ष धेरैलाई धेरै पटक पत्रे खोलाले छेकेको छ । सेवार खोलाले रोकेको छ । हापुर खोलाले रुवाएको छ । सिस्ने खोला पनि अवरोध बनेर धेरै सर्वसाधारणले सास्ती खेपेका छन् । यद्यपी सिस्ने खोलामा पुल निर्माणको काम जारी छ ।

एकजना साईकल यात्रुलाई केही दिन पहिले पत्रे खोलाले बगायो । बेलुकी पख खोला तर्दै गर्दा बाढी आएपछि उनी साईकलसहित पिलरमाथि चढेर जोगिए । पिलरवाट हार गुहार गरिरहे । पानी परिरहेको थियो । उनको आवाज कसैले प्रहरी सम्म पु¥याइदियो । मध्यरातमा जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काको टोली खोलामा आयो । तै उद्धार गर्न सकेन । कुनै उपाय नचलेपछि सोनापुर सिमेन्टबाट क्रेन माग्नु प¥यो । मध्य रातमा ती युवालाई लाइटको उज्यालोमा क्रेनको सोहताले उद्धार गरियो ।

बाढी आउँदा स्थानीय युवालाई राम्रो कमाई
खोलाहरुमा आउने बाढीले धेरैलाई तनाव दिएपनि स्थानीय युवाहरुलाई भने त्यसले खुसी दिन्छ । पानी पर्न थालेपछि उनीहरु खुसी हुन्छन् । बाढी आएपछि उनीहरुको राम्रो कमाई हुन्छ । स्थानीय युवाहरुले बाढी आउँदा खोला तार्ने भनेर मिलेर एउटा समुह नै बनाएका छन् । बाढी आउँदा उनीहरु नै खोलामा आएर साना सवारी साधान डो¥याउँदै तारिदिन्छन् ।

मोटरसाईकल, अटो लगाएतका सवारी तारि दिन्छन् । खोला तारेको दर रेट बाढी कति ठूलो छ त्यसका आधारमा निर्धारण हुन्छ । मानिसलाई अनेक अप्ठेरो हुन्छ । त्यही बाढीको विवशताले थुनिएकाहरुका सवारी तारिदिए वाफत उनीहरु सर्वसाधारणवाट रकम लिन्छन् ।

शनिवार पत्रे खोलाको बाढीमा बाइक तार्ने मध्य एक १४ बर्षीय लक्ष्मि परियारपनि थिए । उनका अनुसार ठूलो बाढी आएको बेला एउटा बाइक तारेको ७÷८ सय सम्म उनीहरु माग्छन् । शनिवारको रेट प्रति बाईक दूई सय निर्धारण गरिएको थियो । खोला घटेपछि अल्लि बेलुकी पख त्यो रेट १०० मा झारिएको थियो । परियारका अनुसार उनीहरु खोलाको बाढी हेरर एउटा बाइकको ५० रुपैंया सम्म लिन्छन् । १८ बर्षीय रवि परियारपनि बाइक उद्धारमा खटिएका मध्य एक थिए । उनी स्थानीय हैनन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जस्पुरका हुन । स्थानीय सोना सिमेन्ट उद्योगमा काम गर्ने उनले पनि बाढीको मौका छोप्छन् । स्थानीय संग मिलेर बाढी आउँदा सिमेन्टको काम छोडेरै भएपनि खोलामा आउँछन् । ‘बाढी आएपछि त मालामाल भइन्छ,’ परियारले भने ‘एक दूई घन्टामै २÷३ हजार एउटालाई भाग पर्छ।’स्थानीय ६÷७ जना युवाहरुको समुह बाढी आउँदा स्वस्फूर्त रुपमा परिचालित हुन्छ । उनीहरुले १० मिटर जतिको खोला तारिदिए बाफट साना सवारी चालकहरु बाट रकम अशुल्छन् ।

५ बर्षसम्म पिलर मात्रै निर्माण
पत्रे खोलामा पुल निर्माण गर्न भनेर आज भन्दा पाँच बर्ष पहिले आर्थिक वर्ष २०७१÷०७२ मा ठेक्का सम्झौंता भएको हो । पौने चार करोडको पूल निर्माणको जिम्मा काठमाडौंको शंकर÷ माली जेभिले पायो । उस्ले जिल्लाकै स्थानीय ठेकेदार पदम शर्मालाई पुल निर्माणको जिम्मा लगायो ।

शर्माले खोलामा पुल निर्माण गर्ने भनेर दूई वटा पिलर हालेको पाँच बर्ष भइसक्यो । तर पूल निर्माण भएन । पिलर निर्माण पछि सडकले बल्ल डिजाई माग्यो । पहिलो डिजाई सडकले अस्विकृत गरिदियो । दोस्रो पटक पुनः डिजाईन माग्यो, त्यो पनि अस्विकृत भयो ।

त्यसपछि पुल निर्माणको काम अलपत्र अवस्थामा पुगेको शर्माले बताए । तर पछिल्लो समय पुनः सडकले ठेक्का आह्वान गरि पुन ः पुरानै कम्पनीलाई पुल निर्माणको जिम्मा दिएको खुल्न आएका छ । असोजदेखि पुल निर्माणको काम सुरु गर्ने तयारीमा शर्मा लागेका छन् ।

सबै तस्बिर : राजेश खत्री 

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *