दाङ, असार ३ ।
सुर्खेतस्थित भेरी नदी किनारमा एक जना ५५ बर्षीया महिलाको शब फेला परेको छ।
बुधबार बिहान साढे ७ बजेतिर जिल्लाको लेकबेसी नगरपाकिा –१ टोप्रेकी ५५ बर्षीया चन्द्रकला कसेराको शब भेरी नदी किनारमा फेला परेको हो ।
प्रहरीका अनुसार उनी सोमबार बिहान ७ बजेतिर भान्जीको घर जान्छु भनेर घर बाट गएकी थिइन ।
तर, चन्द्रकला आफन्तको घरमा नपुगेपछि खोजी सुरु भएको थियो । सोही क्रममा लेकबेसी –१ चिप्लेस्थित भेरी नदी किनारमा बुधबार बिहान उनको शब फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
