२०८३ जेष्ठ १ गते शुक्रवार

जिप दुर्घटनामा परि साहुसहित २ जनाको घटनास्थलमै मृत्यु


दाङ, जेठ १ ।

प्यूठानमा शुक्रबार दिउँसो भएको जीप (मारुती भ्यान) दुर्घटना परि साहुसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाडी साहु प्यूठान नगरपालिका – ४ का २४ बर्षीय दिलिप परियार र त्यसमा सवार मल्लरानी गाउँपालिका – ५ धुदीका २६ बर्षीय अभिषेक कुवँर रहेका छन् । जीप गाडी धनी परियारले चलाएका थिए ।
दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिए । यो दुर्घटना दाङ सडक भित्री सडक खण्डमा भएको हो । जीपमा दुई जना मात्रै सवार रहेको प्रहरी निरीक्षक भट्टराइले बताए ।
जिल्लाको माण्डवी गाउँपालिका – १ डामृखोलाको देवीस्थानमा लु.प्र. ०२–००१ ज ०१०४ नम्बरको भ्यान दिउँसो १ बजेतिर सडकबाट झन्डै २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *