दाङ, वैशाख २८ ।
सोमबार बर्दियामा यात्रु बहाक बस दुर्घटनामा परि १७ यात्रु घाइते भएका छन् ।
घाइते मध्य चार जनाको अवस्था गम्भी रहेको छ । अन्य ५ जनाको अवस्था मध्यम र बाँकीको अवस्था सामान्ने रहेको जिज्लाका प्रहरी प्रबक्ता डिएसपी प्रमेश बिष्टले जानकारी दिए । घाइतेहरुलाई कैलालीस्थित लम्की अस्पतामा पुर्याएर उपचार हुँदै छ ।
बर्दिया निकुञ्ज भित्रको सडक खण्डमा बस उत्तर – दक्षिण दिशामा पल्टिएको र त्यसले बाटो अवरुद्ध भएको छ । बस पंछाउने प्रयास जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँबाट धनगढी जाँदै गरेको ना ८ख १९४९ नम्बरको बस बर्दियाको ठाकुर बाबा नगरपालिका – २ स्थित पूर्वपश्चिम राजमार्गमा पौने १२ बजेतिर पल्टिएको थियो ।
गुडिरहेको बस अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार