दाङ, चैत १४ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति नेपाल तरूण दलले बिरोध गरेको छ ।
भदौ २३ र २४ को घटना अनुसन्धान गर्न बनेको गौरीबहाुदर कार्की नेतृत्वको छानविन समितिको सुझावका आधारमा सरकारले शनिबार एका बिहानै उनीहरुलाई पक्राउ गरेको थियो ।
तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली र नेपाली काँग्रेसका नेता लेखकलाई पक्राउ गरिएको उल्लेख छ ।
नयाँ सरकारको सैलीले लोकतान्त्रिक मूल्य, कानुनी राज्य र विधिको शासनमाथि गम्भीर आघात पुग्ने अध्यक्ष गुरुङले चिन्ता जाहेर गरेका छन् ।
उनले यस्ता निर्णयले देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने चेतावनी पनि दिएका छन् ।
साथै उनले वर्तमान सरकारले पाएको जनादेशलाई समृद्धिको दिशामा प्रयोग गर्न सुझाएका छन् ।
