२०८३ साउन २६ गते मङ्गलवार

तुलसीपुरमा काँग्रेसको बिशाल चुनाबी सभा (तस्बिरहरु)


तुलसीपुर, फागुन १७ । तुलसीपुरको बसपार्कमा नेपाली काँग्रेसले बिशाल चुनाव सभा गरेको छ ।


औपचारिक रुपमा निर्वाचन प्रचार प्रशार गर्न तथा चुनाबी सभा गर्न पाउने समय एक दिन मात्रै बाँकी छँदा आइतबार काँग्रेसले तुलसीपुरमा आफ्नो सामर्थ प्रर्दशन गरेको हो ।
तुलसीपुर नगर समितिले गरेको कार्यक्रम पूर्व नगरका १५ वटै वडाहरु बाट सयौं कार्यकर्ता तुलसीपुरमा आइ बजार परिकर्मा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले काँग्रेस बिषेश महाधिवेशन बाट सुध्रिएर आएको हुँदा अब देशपनि सुधार्ने प्रणका साथ निर्वाचनमा होमिएको बताइन ।


प्रमुख अतिथि भुसालले फागुन २१ गतेको निर्वाचन पछि गगन थापालाई प्रधानमन्त्री बनाउने योजनामा हस्ताक्षर गर्ने ब्यक्तिका रुपमा दाङ क्षेत्र नं. ३ बाट दीपक गिरीसहित तीन वटै उम्मेदवारलाई बिजयी गराउन मतदातालाई अपिल गरिन ।
उनले मुलकलाई थारु, पीछडिको समुदाय, बर्ग, महिलाको समानता मुकलु देश बनाउन तथा भ्रष्टचार मुक्त देश बनाउन काँग्रेसले संकल्प गरेको भन्दै चुनाब चिन्ह रुखमा मतदान गर्न अपिल गरिन ।


उपसभापति भुसालले नेपाली काँग्रेस यतिखेर एकातिर कम्युनिष्ट पार्टीहरुले आँफुलाई संविधान र कानुन भन्दा माथि गएर यो देशको बाघडोर सम्हाल्न खोजेको ,जेन्जी पुस्ताको सपनालाई अस्वीकार गरेको पार्टी र अर्काै तिर नयाँ भनाउँदा पार्टी बिचार के हो थाहाँ नभएको तथा घरहरु, भवनहरु , सरकारी कार्यालयहरु ध्वस्त गर्दै रमाउने पार्टीलाई नयाँ पार्टी स्वीकार गर्ने नसकिने बताइन ।


नयाँ पार्टीले चुपचाप मत दिन भनि रहेपनि काँग्रेसले सम्बादबाट बादबिबाद छलफलबाट चित्त बुझाएर मन बाट मत दिनुहोस भनेर निबेदन गर्दै आएको हुँदा मतदातले काँग्रेसलाई रोज्न उनले बताइन ।

त्यस्तै उनले काँग्रेसले राष्ट्रको बागडोर सम्हाले मात्रै युवाको सपना पुरा हुने दाबी गरिन ।
‘ काँग्रेस आगो लगाउने नभइ युवाको पेटको आगो निभाउने पार्टी बन्न चाहेको छ,’ उनले भनिन् ।

लोकतान्त्रिक बिचारधारा बोकेको काँग्रेसले जितेमा मात्रै उद्योगी ब्यबसायी खुसी हुने, देश शान्तिको मार्गमा अगाडि बढ्ने तथा अन्तराष्ट्रिय लगानी कर्ताहरु नेपालमा आकर्षित हुने उनले दाबी गरिन ।


‘काँग्रेसलाई बिजय गराए मात्रै मुलुकको आर्थिक बिकासका लागि सुरक्षित वातावरण प्राप्त गर्नु हुने छ ,’ उपसभापति भुसालले भनिन् ‘ अब हाम्रो सपना राजनीतिक परिवर्तन होइन । हाम्रो सपना भनेको यो देशको आर्थिक परिवर्तन गर्ने हो ।’ देशलाई लोकतान्त्रिक पद्धति अनुसार संविधान र बिधानको परिधि भित्र बाँधेर देश संचालन गर्न काँग्रेसले जित्न जरुरी रहेको उनले तर्क थियो ।

कार्यक्रमलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीपराज शर्मा, केशवराज आचार्य, उम्मेदवार दीपक गिरी, केन्द्रीय सदस्य लिला नेपाली केसी, जिल्ला सभापति शंकरप्रशाद डाँगी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, राष्ट्रिय सभाकी पूर्व सदस्य अनिता देवकोटा लगाएतले बिषेश अधिबेशनबाट सुध्रिएको काँग्रेसले जितेमात्रै देशको अवस्था सुध्रिने, देशले द्धन्द बाट निकास र बिकास पाउने बताएका थिए ।

काँग्रेस तुलसीपुर नगरसभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रमलाई संविधानसभा सदस्य बुद्धिराम भण्डारी , पूर्व जिल्ला सभापतिहरु कीर्तिबहादुर खड्का र घनश्याम रेग्मी, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का लगाएतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर सचिव बिमल पौडेलले गरेका थिए ।

उनीहरुले काँग्रेस उम्मेदवार दीपक गिरीले बिगतमा पश्चिम दाङको बिकास लागि निर्वाचह गरेको भूमिका स्मरण गर्दै फेरि पनि अधुरा कामहरु पुरा गर्नका लागि निर्वाचित गराउन आग्रह गरेका थिए ।


बक्ताहरुले तुलसीपुरको आइतबारको बृहत भेलाले काँग्रेस उम्मेदवार दीपक गिरीको जित सुनिश्चित भएको दाबी गरेका थिए । कार्यक्रममा एक दर्जन जति ब्यक्तिहरु बिभिन्न पार्टी परित्याग गरि काँग्रेसमा पार्टी प्रबेश गरेका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *