२०८३ साउन २८ गते बिहिवार

तुलसीपुरमा आज काँग्रेसको चुनाबी सभा

तुलसीपुर, फागुन १७ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आज तुलसीपुरमा चुनाबी सभा हुँदै छ ।


काँग्रेस क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीको पक्षमा माहोल सृजना गर्न तुलसीपुरको बसपार्कका तुलसीपुरमा चुनाबी सभा गर्न थालिएको नगरसभापति सुरेश हमालले बताए ।

नगरसभापति हमालका अनुसार नगरका १५ वटै वडाबाट काँग्रेस कार्यकर्ता तुलसीपुर बसपार्कका हुने चुनाबी सभामा सहभागी हुन आउने क्रम जारी छ ।

चुनाबी सभा पूर्व बिहान तुलसीपुरमा काँग्रेसका नेता कार्यकर्ताले र्‍यालीको आयोजना गरि रहेका छन् ।
काँग्रेस नेताहरु तथा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, महादेव शाह, नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती लगाएतका नेता कार्यकर्ता र्‍यालीमा सहभागी छन् ।


उनीहरुले तुलसीपुरमा ब्यबसायी संग नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरि दीपक गिरीलाई बिजयी गराउन आग्रह गर्दै हिडेका छन् ।


नगरसभापति हमालले तुलसीपुरको बसपार्कमा आइतबार दिउँसो बिशाल चुनाबी सभा हुने र त्यसले उम्मेदवार दीपक गिरीको पक्षमा सकारात्मक माहोल सृजना गर्ने बताए ।


आजको कार्यक्रमलाई केन्द्रीय उपसभापति पुष्पा भुसाल, केन्द्रीय सदस्य प्रदीप शर्मा, केन्द्रीय सदस्य केशव आचार्य, लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, उम्मेदवार दीपक गिरी लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको नगरसभापति हमालले बताए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *