२०८३ साउन २४ गते आइतवार

प्रचण्डले रोल्पामा गरेका तीन प्रमुख कुरा के हुन ?


दाङ, फागुन १६ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको आधार इलाका रोल्पा, रुकुम, सल्यान , जाजरकोट बाट फेरि शक्ति आर्जन गर्न चाहेको बताएका छन् ।

शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने ‘ यो मेरो सपना जीवनको उतरार्धमा एक फेर फेरि त्यो तपाँइहरुको अभिमत लगेर, तपाँइहरुबाट तागत लिएर , तपाँइहरु बाट शक्ति प्रदान गरेर म देशब्यापी अभियानमा छु ।’

आँफुले जीवनको उतरार्धमा देखेको समाजबादको सपना सार्थक तुल्याउने तागत लिनका लागि आँफु फेरि एक पटक रोल्पा – रुकुम जस्ता क्रान्तिका आधार इलाका आउनु परेको बताएका छन् ।
आँफुले जीवनको उतरार्धमा धेरै सपना देखेको कुरा पटक / पटक दोहर्‍याएका नेकपा संयोजक प्रचण्डले समाजबाद, समातामुलक समाज निर्माण गर्ने संकल्पका साथ एक पटक फेरि निर्वाचनको मैदानमा उत्रिएको बताए ।
उनले यसपटक आँफुहरु हतियार लिएर नभइ मतदाताको मत पेटीकाको तागतमा सिंहदरबार प्रबेश गर्ने अभियानमा रहेको बताए ।
‘यो पटक हामीले हतियार लिएर मैदानमा उत्रिएका छैनौं । हामीले मतपत्र लिएर तपाँइको मतपत्रको तागतमा सिंहदरबार गएर फेरि एक चोटी नयाँ समाजबादी अभियान चलाउने संकल्प लिएर तपाँइहरुको साथमा आएका छौं,’ प्रचण्डले भने ‘ पक्कै पनि तपाँइहरुले रिकर्ड बनाउनु हुने छ । हाम्रा उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउनु हुने छ ।’
नेकपा संयोजक प्रचण्डले रोल्पाका उम्मेदवार बर्षमान पुनलाईलाई रिकर्ड बनाउने गरि मत दिएर पठाउन आग्रह गर्दैै त्यसपछि बर्षमानको जिम्मा आफ्नो हुने रोल्पालीलाई आश्वासन दिए । ‘रिकर्ड बन्ने गरि बर्षमानलाई अत्यधिक बहुमत दिएर यहाँबाट पठाउनुहोस,’ प्रचण्डले भने ‘ बर्षमानलाई के गर्नु पर्छ मेरो जिम्मा छोडिदिए हुन्छ ।’
बर्षमानबाट ठूलो आशा गरेको भन्दै संयोजक प्रचण्डले नेतृत्वको हिसावले सदा बर्षमानलाई आफ्नो साथ रहेको धारणा ब्यक्त गरे ।

जेनजी आन्दोलन पछिको जटिल परिस्थितिबाट मुलुकलाई पार लगाउन चुनावको बिकल्प नरहेको हुँदा निर्वाचन अपरिहार्य रहेको प्रचण्डले बताएका थिए ।
अहिले मुलुकमा दुई वटा अतिबादी प्रबृति देखापरेको भन्दै संयोजक प्रचण्डले ती प्रबृतिलाई मतदान मार्फत परास्त गर्न आग्रह गरे ।


‘ अहिले एकातिर भदौ २३ गते जेनजी युवाहरुको निर्मतापूर्वक हत्या गर्ने निरङकुस, अहंकारी र दम्भी प्रबृति र अर्काेतिर बिदेशी प्रतिक्रियाबादी संग मिलेर २४ गते बिध्वँस गर्ने र राष्ट्रलाई नै ठूलो संकटमा धकल्ने प्रबृति छ ,’ प्रचण्डले भने ‘ ती दुबै प्रबृतिका बिरुद्ध हामी राष्ट्रिय एकताका लागि नेकपा गठन गरेका छौं । यो सानो घटना होइन अहिले दुई दर्जन बढी देशभक्त कम्युनिष्टहरुको एकता छ ।’

नेकपा यही नयाँ तागतका साथ प्रतिक्रियाबादीहरुका बिरुद्ध एउटा राम्रै अभियान चलाउने संकल्पका लिएर उभिएको उनले बताए ।


पछिल्लो समय आँफू प्रधानमन्त्री र बर्षमान पुन अर्थमन्त्री छँदा बर्षमानले समाजबादका लागि राम्रै बजेट ल्याएपछि त्यो सहन नसकेर ‘दलाल र बिचौलिया’ले मिलेर आँफुहरुको संसदमा संख्या नपुगेकै कारण आँफुहरुलाई सरकारबाट हटाएको प्रचण्डले बताए ।

त्यस्तै उनले बिगतको जस्तै गरि परम्पराको पछि नलागेको, भ्रष्टचार बिरुद्ध उभिएको, सामाजिक न्यायका पक्षमा आन्दोलन छेडेकै कारण त्यो सहन गर्न नसकेका दलालहरुको षडेन्त्रका कारण सरकारबाट बाहिनु परेको गुनासो पनि गरे ।


रोल्पामा पुगेर बिषेश गरि तीन मुख्य कुरा गरेका प्रचण्डले निर्वाचन स्वच्छ, धाँदलिरहिन, भय रहित हुनुपर्ने भन्दै त्यसवाट मात्रै नेपाली जनताको बिजय सुनिश्चित हुने बताएका थिए ।

यतिखेर राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको हुँदा त्यसवाट निकास दिन निर्वाचन अपरिहार्य रहेको भन्दै प्रचण्डले सुरक्षा निकाय, राजनीतिक दल, कर्मचारी र निर्वाचन आयोग सबैको पहिलो काम राष्ट्र बचाउने प्राथमिकताका साथ निर्वाचन शान्तिपूर्ण रुपमा सफल पार्न लाग्नु पर्ने जोड दिए ।


भदौ २३ र २४ गतेको घटनाले नेपाली जनतालाई तरंगित, चिन्तित बनाएको भन्दै प्रचण्डले त्यसवाट निकास दिने दिने सबै भन्दा उत्तम बिकल्प निर्वाचन नै भएको बताए । ‘भदौ २६ गते राति राष्ट्रपति भवनमा प्रधानसेनापति, राष्ट्रपति र जनेजी प्रतिनिधि र्संग रातभरी सम्वाद गरि आजको परिस्थिति बनाउन सहजीकरण गर्ने म, बर्षमान र माधवजीपनि थियौं । यो निर्वाचन शान्तिपूर्ण रुपमा सफल पार्न दायित्व सबैको छ ।’ प्रचण्डले भने ।
२० मिनेट भन्दा कम समय मात्रै भाषण गरेका नेकपा संयोजक प्रचण्डले आफ्नो मनतब्यको सुरुवातमा रोल्पालाई बिगतको जनबादी क्रान्तिको किल्ला भएको हुँदा फेरि समाजबादी आन्दोलनका शक्ति लिन रोल्पा आएको भन्दै मख्ख पारेका थिए । संविधानसभाको निर्वाचनमा निर्वाचन लडेका मध्य एक ठाउँ रोल्पा रहेको स्मरण गर्दै उनले त्यसपछि आँफु प्रधानमन्त्री भएर इतिहास कायम गरेको भन्दै रोल्पानी जनता प्रति ऋणी रहेको बर्णण गरे ।

फागुन २१ गतेको निर्वाचन पछि जेजनी यु्वाहरुले भनेको जस्तै गरि संविधान संशोधन गरेर भएपनि महिला, दलित, उत्पिडनमा परेकाहरुको उत्पाथनका लागि साशकिय स्वरुप सुधार गर्ने र आँफुहरुले बिगतदेखि नै उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको लागि लागि पर्ने प्रचण्डले बताए ।


‘ हामीले यस्तो महंगो निर्वाचन प्रणाली खोजेकै होइनौं । पूर्ण समानुपातिक निर्वाचन प्रर्णाली माफर्त आम जनताको अभिमतलाई सम्मान गर्न चाहेका छौं । त्यो गर्न बाँकी नै छ,’ प्रचण्डले भने ‘ निर्वाचन पछि जनताको आकांक्षा अनुसार संविधान परिमार्जन गरेर भ्रष्टचार बिरुद्ध सशक्त रुपमा उभिदै सामाजिक न्यायसहितको एउटा नयाँ यात्रा मार्फत समाजबाद तर्फको यात्रा गर्ने संकल्प गरेका छौं ।’

बिगतमा रोल्पा, रुकुमकै शक्ति र निर्णयले निरङकुस राजतन्त्र फालेको स्मरण गर्दै प्रचण्डले एक पटक फेरि आँफु क्रान्तिको केन्द्रीय आधार इलाका आएको र यहाँबाट आर्जित शक्तिले नयाँ शिराबाट नयाँ अभियान चलाउने प्रचण्डले शंकल्प गरेका थिए ।


प्रकाशित मिति : २०८२ फाल्गुन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *