२०८३ असार २७ गते शनिवार

एमाले महासचिव पोखरेलले दाङ २ मा उम्मेदवारी दर्ता गरे

घोराही, माघ ६ । नेकपा (एमालें)का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका छन् ।


पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार मनोनयन दर्ता गराएका हुन ।

उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य सम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य छन ।


मनोनयन दर्ता पश्चात संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताका लागि आफ्नो उमेदवारी भएको बताए । पोखरेल २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए ।


२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बनेका थिए ।

२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि उनी काँग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने । २०७४ सालमा उनी लुम्बिनी प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । २०७९ सालमा महासचिव पोखरेल रेखा शर्मा संग पराजित भएका थिए ।


दाङ –२ मा काँग्रेसका किरणकिशोर घिमिरे,नेकपाका निर्मल आचार्य र रास्वपा सहमहामन्त्री का विपिन आचार्य चुनाबी मैदानमा छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *