तुलसीपुर, माघ ५ । नेपाली काँग्रेसले दाङको क्षेत्र नं. ३ मा काँग्रेसले दीपक गिरीलाई उम्मेदवार बनाएको छ ।
काँग्रेसले दाङको क्षेत्र नं. १ मा सहमहामन्त्री योगेन्द्र चौधरी र क्षेत्र नं. २ मा किरण किशोर घिमिरेलाई उम्मेदवार बनाएको छ ।
पूर्व मन्त्री गिरीको टिकट मंगलबार बिहान मात्रै टुँगो लागेको हो । यी सबैले मंगलबार तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।
यो क्षेत्रमा नेकपा (एमाले)ले घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीले धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीले कमल सुबेदीलाई उम्मेदवार बनाएका छन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
