तुलसीपुर, माघ १ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारी निर्णयको बिरोध गरेका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार बिहान घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गरकोे पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा महासचिव पोखरेलले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत हुने बताएका हुन । उनले सरकारलाई निर्णय तत्काल सच्याउन आग्रह पनि गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको कुरा गरेका थिए । ‘ खासगरि फौजदारी अभियोग लागेका पूर्व गृहमन्त्रीका सन्दर्भका बारेमा संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दा फिर्ता लिने भन्ने प्रशंग जसरी यो सरकारले महान्यायाधीबक्ता मार्फत निर्णय गर्यो भन्ने कुरा बाहिर आयो / आइ रहेको छ ,’ उनले भने ‘ यदि यो कुरा सत्य हो भने यसले नेपालको कानुनी राजलाई कमजोर बनाउँद छ र २३ र २४ गतेको घटनाको अन्तर्य के रहेछ । अदालतहरुमा आगजनी गर्नुको अन्तर्य के रहेछ सरकारी अड्डा अदालतमा तोडफोड र आगजनी गर्नुको अन्तर्य के रहेछ भन्ने कुरालाई यसले थप उजार गर्दछ भन्ने मलाई लाग्द छ ।’
महासचिब पोखरेलले सरकारलाई बाहिर आएको कुरा बाट पछाडि हट्न वा त्यो मुद्दा फिर्ता नलिन र सही बाटोमा हिड्न सरकारलाई अनुरोध गरे ।
आफ्नो मनतब्यको सुरुमै उनले नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा पुरानो पार्टी नेपाली कांग्रेस लोकतन्त्र संकटमा परेको बेलामा टुक्रनु अतेन्तै दुःखद घटनाको रुपमा चित्रन गरेका थिए ।
‘राजनीतिक दलहरु जति बलिया हुन्छन् त्यति नै लोकतन्त्रपनि सफल हुन्छ नेपाल राष्ट्रपनि सफल हुन्छ,’ उनले भने ‘ राजनीतिक दलहरु कमजोर हुनुको अर्थ लोकतन्त्र कमजोर हुनु हो नेपाल राष्ट्रपनि स्वाधिनता स्वाभिमान र राष्ट्रिय एकतापनि कमजोर हुनु हो ।’
बलिया राजनीतिक दलहरुले मात्रै लोकतन्त्र बलियो हुने र राज्य बलियो हुने हुँदा राजनीतिक दलहरुको सबलिकरणमा जोड दिन जरुरी रहेको पोखरेलले बताए । उनले कांग्रेसलाई अन्तरसंघर्षबाट एकतामा फर्किन ढिलाइ नगर्न आग्रह गरेका थिए ।
त्यसपछि उनले आम निर्वाचको कुरा गरेका थिए । माघ ६ गते निर्वाचन आयोगले मनोनयन दर्ताको मिती घोषणा गरेको भन्दै उनले सरकार निर्वाचनको वातावरण वनाउन लागि नपरेको उनको आरोप थियो ।
त्यस्तै महासचिव पोखरेलले जनताको बीचमा नयाँ शक्तिको रुपमा आउन चाहाने पार्टी र नेतृत्वले त्यस्ता अनुचित कार्य गर्न नहुने बताए ।
औपचारिक रुपमा रास्वपाले पनि गलत कार्यको बिरोध गर्न आँट गर्नुपर्ने उनले बताए । आफ्ना नेताका गलत कुराहरु बिरोध गर्न आँट गर्न उनले आग्रह गरे ।
साँच्चैको बैकल्पिक शक्ति बन्न चाहाने हो भने लोकतन्त्र, कानुनी बाद र संविधान बादको पक्षमा आँफुलाई उभ्याउन आँट गर्न नसके अन्यथा बैकल्पिक शक्ति भन्ने कुरा नेपाललाई द्धन्दको क्रिडास्थल बनाउनका लागि मात्रै हुने उनको कथन थियो ।