२०८३ साउन २६ गते मङ्गलवार

महामन्त्रीद्धय गगन र विश्वको अग्रसरतामा काँग्रेसको दोस्रो बिषेश महाधिवेशन सुरु

दाङ, पुस २७ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुइ दिने विशेष महाधिवेशन आइतबार बाट सुरू भएको हो ।


यो महाधिवेशनका लागि दाङबाट क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नेता केशव आचार्य, तुलसीपुर नगरसभापति सुरेश हमाल लगाएतका नेता काठमाडौं पुगेका छन् । तर, काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, गेहेन्द्र गिरी लगाएत अधिकाँस केन्द्रीय सदस्य भने सहभागी छैनन् । जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीपनि गएका छैनन् ।

आइतबार बेलुकासम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।

बिहान सवा ८ बजेबाट महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता सुरू भएको थियो ।

काँग्रेसमा देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेष्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।

नाम दर्ता गर्न परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ चाहिन्छ ।


पार्टी भित्र बिषेश महाधिवेशनको माग गर्दै असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष माग गरेका थिए ।

कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने नियम छ ।

संस्थापन पक्षधरले नियमित महाधिवेशन भन्दै आएको थियो । फागुन २१ मा घोषित प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको कारण देखउँदै त्यसपछि नियमित महाधिवेशन गर्नु उचित हुने राय संस्थापन पक्षको थियो ।


तर, महामन्त्रीद्वय थापा र शर्माले पार्टी विधानमा टेकेर कांग्रेसलाई नेतृत्व पुस्तान्तरण तथा पुनर्जागरण गर्न भन्दै बिषेश महाधिवेशन सुरु गरेका हुन । यो काँग्रेसको दोस्रो महाधिवेशन हो ।

यसअघि संस्थापक नेता विपी कोइरालापनि बिषेश महाधिबेशन बाट पार्टी सभापति बनेका थिए ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *