२०८२ मङ्सिर २३ गते मङ्गलवार

उच्च अदालत तुलसीपुर र बसर्पाको प्रहरी बिट तोडफोड तथा आगजनी गर्ने ५ जना पक्राउ

तुलसीपुर, कात्तिक २६ । भदौ २४ गते जेनजी आन्दोलनका नाममा उच्च अदालत तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कमा तोडफोड र आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

उच्च अदालत तुलसीपुरमा तोडफोड र आगजनी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालीका –७ राजापुरका २६ बर्षीय रुपेश नेपाली र सल्यानको बागचौर नगरपालिका –२ घर भइ दाङको तुलसीपुर –९ बेलुवामा डेरा गरि बस्ने १८ बर्षीय सुनिल वली पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले जानकारी दिए ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क तुलसीपुरमा ढुँगा मुडा, तोडफोड र चोरी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका –५ बसपार्कका २० बर्षीय करण सुनार, सोही वडाका १८ बर्षीय मुकेश भण्डारी र तुलसीपुर – ६ शान्तिनगर टोल बस्ने १८ बर्षीय ज्ञानेन्द्र गन्धर्व रहेका छन् ।


इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार पक्राउ परेका पाँचै जनालाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले बुधबार आदेश दिएको छ ।

पक्राउ परेका सबै बिरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *