दाङ, कात्तिक २१ । कपिलबस्तु प्रहरीले बेचबिखन गर्ने उदेश्यले भारत तर्फ लैजाँदै गरिएकी एक बालिकाको उद्धार गरेको छ ।
कात्तिक १९ गते दिउँसो सीमा नाका कृष्णनगर नगरपालिका – २ बाट बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
परिवर्तित नाम नाबालिका ०८२/ ०८३ (५१) ख कृष्णनगरलाई फोन मार्फत नेपालमै राम्रो कमाई हुने हुँदा भन्दै नेपालमै राम्रो काममा लगाई दिन्छु भनेर बोलाइएको थियो । प्रहरीले रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १३ का २३ बर्षीय अर्जुन रोकालाई नियन्त्रणमा लिएको छ ।
जस्ले बालिकालाई ललाल फकाई आर्थिक प्रलोभनमा पारी भारतमा पुर्याएर बेचबिखत गर्ने उदेश्य राखेको तथ्य अनुसन्धानबाट खुलेको डिएसपी सिंहले जानकारी दिएका छन् ।
सोधपुछ र अनुसन्धान बाट रोकाले ती बालिकालाई नेपालमै राम्रो रोजगारीमा लगाइ दिने प्रलोभनमा पारेर भारत पुर्याउने तयारी गरेको पहरी प्रबक्ता डिएसपीले बताए ।
रोकाको आश्वासनका कारण ती बालिका बालिका घरबाट बुटवल हुदै कृष्णनगर कपिलवस्तुसम्म पुगेकी थिइन । प्रारम्भीक अनुसन्धान बाट उनले ती बालिकालाई भारतमा लगेर बेचबिखन गर्ने योजना बनाएको खुल्न आअएको डिएसपी सिंहले जानकारी दिएका छन् ।
कपिलबस्तु जिल्ला अदालतले रोकालाई पाँच दिन थुनामा राखेर अनुस्न्धान गर्न अनुमति बिहीबार प्रदान गरेको थियो । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
