२०८२ मङ्सिर २३ गते मङ्गलवार

लुम्बनीका मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन युवा पक्राउ

दाङ, कात्तिक २० । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेकाहरुमा सन्धिखर्क नगरपालिका–२ भक्तिटोलका ३३ बर्षीय पुष्कर पौडेल भनिने पुष्पलाल गौंडेल आँफुलाई पत्रकार बताउने सन्धिखर्च नगरपालिकाका – २ घोचेखोलाका २९ बर्षीय गुरुदेव भनिने गुरुप्रशाद खनाल र सन्धिखर्क –२ का ३९ बर्षीय चूरामणि ढुंगाना छन् ।


गौंडेले जिल्लामा ‘न्यू नेपाल अटो वर्क सप’ र खनालले ‘न्यू सुपादेउराली मोटरसाइकल वर्क सप’ चलाउँदै आएका छन् । खनालले आँफु पत्रकारको रुपमा चिनाउँदै आएका पात्रपनि हुन । पक्राउ परेका अर्का पूर्व आर्मी रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

भदौ २४ को जेनजी आन्दोलनका क्रममा सन्धिखर्क नगरपालिका – १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो । त्यसका बिरुद्ध मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोजमा ११ जनाविरुद्ध जिल्ला अदालतमा किटानी जाहेरी दिएकी थिइन ।
सोही जाहेरीको आधारमा जिल्ला अदालतले उनीहरुलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।


त्यसपछि प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।


दीपा आचार्यले आफ्नो घर तोडफोड र आगजनी गर्ने कार्यमा पक्राउ परेका खनाल, गौंडेल र ढुंगानालाई मुख्य योजनाकारका रुपमा किटानी जोहरी दिएकी थिइन ।


पक्राउ परेका तीन जनालाई बिहीबार म्याद थपका लागि प्रहरीले जिल्ला अदालतमा पुर्‍याएको छ ।
मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले थप नौं जनाका बिरुद्ध पनि किटानी जाहेरी दिएकी थिइन ।


जस्मा सन्धिखर्कस्थित पश्चिमाञ्चल बस समितिका कर्मचारी कमल घिमिरे, सन्धिखर्क नगरपालिका–१० धरमपानीका कुशल चुँदाली, सोही वडाका अर्जुन चुँदाली, वडा ३ अलुवाखोलाका सुन्दर भारती, सन्धिखर्कका विशाल कँडेल, सन्धिखर्क –२ का माधव भण्डारी, मदन परियार, पुल्चोकका विनोद मगर छन् ।

उनीहरु फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रबक्ता शर्माले बताए । आर्चायको घरमा भएको तोडफोड र आगजनी बाट ६० लाख बराबर धनमानमा क्षति भएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *