
बुटवल, असार १९ । स्कुटर दुर्घटना हुँदा परी रुपन्देहीमा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा परि थप दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन्।
उनीहरूको अवस्था सामान्य रहेको पहरीले जानकारी दिएको छ । पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नम्वरको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम– राजमार्गअन्तर्गत बुटवलको वडा नं. २ पाखापानीमा विहीवार बिहान त्यो दुर्घटना भएको थियो ।
प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार