२०८२ असार ७ गते आइतवार

दाङमा जग्गा तथा आवास बिकास संघको अध्यक्षमा पोख्रेल,बरिष्ठ उपाध्यक्षमा तुलसीपुरका दुर्गाबहादुर खड्का

तुलसीपुर, बैशाख ४ ।जग्गा तथा आवास बिकास संघमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार घोराहीको मालाइन होटेलमा भएको प्रथम अधिवेशन तथा साधारणसभाले घोराहीका रामप्रशाद पोख्रेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।


जस्को बरिष्ठ उपाध्यक्षमा तुलसीपुरका युवा ब्यबसायी दुर्गाबहादुर खड्का चयन गरिएका छन् । खड्का यस फरकोण मिडिया प्रालिका ब्यबस्थापकपनि हुन । बिगतमा उनीहरुकै टिमले संयुक्त रुपमा गरेको घर जग्गा कारोबारबाट दोघेरस्थित सभाहल निर्माण भएको करोडौ.को जग्गा तुलसीपुर उद्योग वाणिज्य संघलाई निशुल्क प्रदान गरेको थियो । जस्को नेतृत्व यज्ञबहादुर केसीले गरेका थिए ।

दुर्गाबहादुर खड्का र यज्ञबहादुर केसीले त्यतिखेरै मिलेर त्यो ठाउँमा जग्गा प्लटिङ तथा किनबेचको काम गरेको थिए । टिमको सबैको सहमतिमा तुलसीपुरको सभाहल निर्मित जग्गा उद्योग बाणिज्य संघलाई निशुल्क प्रदान गरिएको थियो ।

खड्काको बसपार्कमा आफ्नै घरमा पसल छ भने उनी घर जग्गा कारोबारका साथै होटेल ब्यबसायीमा पनि संलग्न छन् । होटेल वष्टर्न प्यालेसका उनी पनि एक जना शेर सदस्य हुन । सहयोगी भावनाका खड्का बिभिन्न संघ संस्थामा पनि आवद्ध छन् । उनले सामाजिक क्षेत्रमा आर्थिक साहेतापनि गर्दै आएका छन् ।

त्यस्तै संघको जिल्ला उपाध्यक्षमा दोर्णराज पाण्डेय, महासचिवमा बालाराम पाण्डे, सचिव बिजय घिमिरे, कोषाध्यषमा रेशमलाल गिरी रहेका छन् ।


त्यस्तै सदस्यहरुमा अभियान बस्नेत, गोबिन्दप्रशाद देवकोटा, मेघराज खड्का, दिलिप खनाल, झप्पलबहादुर केसी, नरेश बुढा मगर, दिपेन्द्र पुन मगर, डिल्लीबहादुर भण्डारी, सुनिल पाण्डे र गञ्जबहादुर बिष्ट रहेका छन् ।
एक जना सदस्य मनोनित हुन बाँकी छ ।

रोयल स्टेट (घर जग्गा कारोबार) गर्नेहरु पहिलो पटक अधिवेशन गरि आधाकारिक रुपमा नयाँ नेतृत्व चयन गरेका हुन ।
अधिवेशन नेपाल आवास तथा घर जग्गा महासंघका केन्द्रीय अध्यक्ष बिष्णु घिमिरे (धुर्व) को प्रमुख आथित्यता र संघका दाङ अध्यक्ष श्रीधर महराको अध्यक्षतामा प्रथम साधारणसभा भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *