दाङ, बैशाख २२ । लुम्बिनी प्रदेश सरकारले आँफु मातहतका १४ वटै अस्पताल बिकास समितिहरु बिघटन गरेको छ ।
बैशाख १६ गते बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेशका १२ वटै जिल्लाका १४ वटा अस्पतालहरुका बिकास समिति बिघटन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आइतबार जारी गरेको बक्तब्यमा उल्लेख छ ।
लुम्बिनीमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल गरि दुई प्रादेशिक अस्पतालहरु छन् भने अन्य सबै जिल्ला अस्पतालहरु छन् । ती सबै अस्पतालहरुका बिकास समितिहरु एकै साथ बिघटन गरिएका हुन ।
यसअघि नेकपा (माओबादी) केन्द्र र नेपका (एमाले) का बीचमा सत्ता समिकरण छँदा लुम्बिनीमा अस्पताल बिकास समितिहरु गठन गरिएका थिए ।
पछिल्लो समय राजनीतिक समिकरण फेरिएर नेकपा (एमाले) र नेपाली काँग्रेस बीचमा सत्ता समिकरण बनेको छ । अस्पताल बिकास समिति भागवन्डाको आधारमा आँफु मातहत गठन गर्नका लागि सबै बिकास समितिमा बिघटन गरिएका हुन ।